असोज ५ गतेदेखि पूर्ण क्षमतामै आन्तरिक उडान हुने
काठमाडौं, असोज २ । असोज ५ गतेदेखि पूर्ण सिट क्षमतामै आन्तरिक उडान हुने भएको छ।यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नागरिक उड्डयन प्राधिकरणलाई असोज ५ देखि नियमित उडान गर्न पत्र लेखेको छ।
प्राधिकरणले पहिलो चरणमा २५ देखि ३० प्रतिशत मात्रै उडान हुने जनाएको छ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय स्रोतका अनुसार शतप्रतिशत क्षमतामै उडान गर्न दिने निर्णय भएको छ।
यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले सोमबारदेखि फुल क्षमतामा आन्तरिक उडान हुने बताए।गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ५० प्रतिशत क्षमतामा मात्रै उडान गर्न दिने गरी आन्तरिक उडान खोल्ने निर्णय गरेको थियो।















प्रतिक्रिया दिनुहोस्