जनकपुर आइपुग्यो नेपाली रेल, हेर्नेको घुइँचो

काठमाडौं, असोज २ । भारतको जयनगरबाट नेपालका लागि प्रस्थान गरेको नेपाली रेलगाडी जनकपुर आइपुगेको छ ।नेपाल सरकारले खरिद गरेको रेल जनकपुर आइपुगेको हो । भारतको सरकारी कम्पनी कोकण रेलवेज कर्पोरेसन लिमिटेडले निर्माण गरेका नयाँ दुई सेट रेल शुक्रबार दिउँसो जनकपुरधाम ल्याइएको हो।

रेल भारतको हाजिपुर रेल्वे स्टेशनबाट जयनगर हुँदै शुक्रबार जनकपुर आइपुगेको रेलगाडी हेर्न अहिले स्थानीवासीहरुको जनकपुरधाममा भीड लागेको छ । एकैसाथ जनकपुर आइपुगेका २ वटा रेल हेर्न स्थानीयवासीहरुको घुइँचो लागेको थियो ।

रेल सञ्चालनलगतै व्यापार व्यवसाय फस्टाउने तथा भारत आवत जावतमा सहज हुने भएकाले स्थानीय हर्षित भएका छन्।कोरोना जोखिम नबढे अगामी दशैंसम्ममा रेल सञचालन गर्न तयारी छ ।पहिलो चरणमा भारतको यनगरदेखि जनकपुरको कुर्थासम्म ३५ किलोमिटर रेल सञ्चालनको निम्ति सम्पूर्ण संरचना तयारी अवस्थामा छ।

दोश्रो चरणमा चल्ने भनिएको जनकपुरको कुर्थादेखि भंगहासम्म १७ किलोमिटरको रेलवे लिक निर्माण तथा भौतिक संरचाना निर्माणको काम अन्तिम चरणमा छ।

प्रतिक्रिया दिनुहोस्