कोरोना असर: विश्वभर करिब १ अर्ब २० करोड बालबालिका गरीबीको रेखामुनि

काठमाडौं , असोज २ । विश्वभर करिब १ अर्ब २० करोड बालबालिका गरीबीको रेखामुनि धेकेलिएका छन् । बालबालिकाका लागि काम गर्ने संयुक्त राष्ट्र संघको संस्था युनिसेफले यस्तो बताएको हो । युनिसेफका अनुसार कोरोना महामारी र लकडाउनका कारण विश्वभरी करिब १५ करोड बालबालिका गरिबीको रेखामुनि धेकेलिएका हुन् ।

कोरोना संकटका कारण थपिएका सहित विश्वमा गरिबीको रेखामुनी पुग्ने बालबालिकाको संख्या करिब १ अर्ब २० करोड पुगेको जनाइएको छ ।युनिसेफ र बाल अधिकारका लागि काम गर्ने संख्या सेभ द चिल्ड्रेनको ताजा प्रतिवेदनका अनुसार कोरोनाका कारण करोडौं बालबालिका गरिब भएका छने भने पहिले नै गरिब बालबालिकाको अवस्था अझ दयनीय भएको छ ।

अध्ययन अनुसार महामारी र लकडाउनका कारण यस्ता बालबालिकाको संख्यामा १५ प्रतिशतले वृद्धि भएको छ । युनिसेफले अबको समयमा स्थिति थप बिग्रन सक्ने चेतावनी समेत दिएको छ । गरीबीको रेखामुनि रहेका आम समुदायमा पनि कोरोनाले बिजोग नै पारेको छ ।

कोरोनाका कारण देश नै लकडाउनमा रहदा ब्यापार र रोजगार नै ठप्प हुँदा धरैको रोजीरोटी खोसिएको छ । उनीहरुको अवस्था अझ दयनीय बन्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्