कोरोनाविरुद्ध खोप : कहाँ पुग्यो रुसले बनाएको भ्याक्सिनको परीक्षण ?
काठमाडौँ , असोज २ । कोरोना महामारीले यतिखेर सारा संसारमा हाहाकार, उथलपुथल मच्चाइरहेको छ । यस भाइरसका कारणले मानिसहरुको ज्यान अकल्पनीय ढंगले गुमिरहेको छ । अहिले विश्वका धेरै मुलुकका वैज्ञानिकले कोरोना विरुद्धको खोपको परीक्षण गरिरहेका छन् भने यस भाइरसका विरुद्ध सारा संसारका वैज्ञानिकहरु खोप बनाउने तयारीमा जुटिरहेका छन् ।
आठ महिनादेखि विश्वले कोरोना भाइरस महामारी खेपिरहेको छ। विश्वका धेरै मुलुकका वैज्ञानिक यतिबेला यो महामारीबाट छुटकारा पाउन खोप निर्माणमा तल्लीन छन्। केही देशले खोपको परीक्षण समेत थालिसके।
यता रुसले बनाएको कोरोना भाइसविरुद्धको भ्याक्सिन फेरी चर्चामा रहेको छ। स्पुतनिक वी भ्याक्सिन लगाएका सात मानिस मध्ये एक जनामा समस्या देखिएको रुसका स्वास्थ्य मन्त्री मिखाइल मुराशकोले बताएका छन्।४० हजार घोषित स्वयंसेवक मध्ये ३ सय भन्दा धेरैलाई स्पुतनिक वी भ्याक्सिन लगाइएको छ। १४ प्रतिशत स्वमसेवकले २४ घण्टामा कमजोरी, शरिर दुख्ने, तापक्रम बढ्ने गरेको बताएको समाचार एजेन्सी तासले बताएको छ।
मन्त्री मुराशले भ्याक्सिन लगाएको एक दिनपछि लक्षणमा कमि देखिएको दावी गरेका छन्। भ्याक्सिन लगाएपछि देखिन सक्ने जटिलताका बारे निर्देशिका बनाएको र यसबारे पूर्वअनुमान गरिएको उनले बताएका छन्। रुसले स्पुतनिक वी भ्याक्सिनलाई परीक्षण गर्न दिन अघिल्लो महिना अनुमति दिएको थियो।
स्पुतनिक वीको अन्तिम परीक्षण यस महिनाको सुरुवातमा मस्कोमा सुरु भएको थियो। तर यसको पूर्ण सुरक्षा र निदानाको प्रभावकारिता चाँच भने भएको छैन।
यसैबीच कोरोना भाइरसका संक्रमित पहिलोपटक चीनमै देखिएका थिए। अहिले चीनले आफ्नो सबै शक्ति लगाएर खोप निर्माण गरिरहेको छ। विश्वका धेरै मुलुकका वैज्ञानिक यतिबेला यो महामारीबाट छुटकारा पाउन खोप निर्माणमा तल्लीन छन तर प्रभावकारी खोप बजारमा आउन सकेको छैन । झन संक्रमण पछिल्लो समय नेपाल लगाएत भारतका मुलुकमा बढिरहेको छ ।
संक्रमित र मृतकको संख्या दिनहुँ बढिरहेका बेला खोपको परीक्षण थाल्ने समाचारआएसँगै नेपाल लगाएत अन्य मुलुकमा नयाँ आशा जगाएको थियो तर यो आशा आशामा सिमित छ । खोपहरु बन्ने–बनाउने उपक्रमहरु चलिरहेका छन् ।
सामान्यतः खोप प्रयोग गर्नका लागि सुरक्षित हुने गरी तयार गर्नका लागि कम्तिमा पनि अनुसन्धान र अन्य विभिन्न प्रयोगहरु हेतु कम्तिमा पनि १ वर्षभन्दा बढी समय लाग्ने गर्छ । तर अहिले कोरोनाको कहरले संसारको अर्थव्यवस्था नै चर्मराउन थालेको र धनजनको अथाहा क्षति हुन थालेको पृष्ठभूमिमा वैज्ञानिकहरु आगामी वर्षसम्ममा जसरी भए पनि सुरक्षित र प्रभावकारी खोप विकासको तैयारीमा कम्मर कसेर जुटेका छन् ।
यति बेला कोरोनासँग जुधिरहेका आम जनता कोरोना खापको पर्खाइमा छन् ।कोरोनाको कहरबाट मुक्ति पाउने सबैभन्दा प्रभावकारी उपाय भनेकै खोपको विकास हो ।
प्रतिक्रिया दिनुहोस्