प्रधानसेनापति र पाकिस्तानका राजदूतबीच भेटवार्ता
काठमाडौं, २ असोज । नेपाली सेनाका प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा र पाकिस्तानका राजदूत मजहर जेभेडसंग जंगी अड्डामा शिष्टाचार भेटवार्ता गर्नु भएको छ ।
राजदुतले आफ्नो कार्यकाल समाप्त गरी स्वदेश फर्कने क्रममा रहेका राजदूत र सेनापति थापा बीच दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस्ता मित्रराष्ट्रका उच्चपदस्थ अधिकारीहरुसङ्ग हुने यस किसिमको भेटवार्ताले दुई देश बीचको आपसी सौहार्दपूर्ण सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास गरिएको छ ।















प्रतिक्रिया दिनुहोस्