आज बोलाएको नेकपा सचिवालय बैठक आइतबारलाई सर्‍यो

भकाठमाडौं , असोज २ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को शुक्रबार बिहान ११ बजेलाई बोलाइएको सचिवालय बैठक सरेको छ । बैठक असोज ४ गते आइतबारसम्मका लागि सरेको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।

सचिवालय बैठकले समसामयिक विषयमा छलफल र निर्णयका साथै पार्टी एकताका बाँकी कामलाई टुङ्ग्याउने विषयमा निर्णय गर्ने बताइएको थियो ।सचिवालय बैठकपछि मन्त्रिपरिषदका सदस्यहरुको हेरफेर समेत गर्ने नेकपाको तयारी छ ।

बुधबार प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलले शुक्रबार पूर्व माओवादी केन्द्रको कार्यालय रहेको पेरिसडाँडामा बैठक बस्ने तय गरेको थियो ।

यसअघि अधिकांश बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै राखिँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्