नरेन्द्र मोदीको जन्मदिन : शुभकामना दिएका ओलीलाई दिए यस्तो जवाफ

काठमाडौँ, असोज १ । आज भारतीय समकक्षी नरेन्द्र मोदीको ७० औँ जन्मदिन ! जन्मदिनको अवसरमा प्रधानमन्त्री केपीशर्मा ओलीले बिहान ट्वीटरमार्फत् शुभकामना दिए । ट्वीटरमार्फत्  ओलीले भनेका थिए , ‘तपाईँको जन्मदिनको शुभ अवसरमा सु-स्वास्थ्य र खुसीको कामना गर्दछु’, ‘हामी दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन निरन्तर लाग्नेछौँ।’

यसैबीच यता जन्मदिनको शुभकामना दिएका ओलीलाई मोदीको जवाफ आएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको ऐतिहासिक र साँस्कृतिक सम्बन्धको आधारमा दुई देशबीचको सम्बन्ध थप बलियो हुने विश्वास व्यक्त गरेका छन्।

ओलीले दिएको जन्मदिनको शुभकामनाको जवाफमा ट्वीट गर्दै मोदीले बस्तो बताएका हुन्। नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा जारी गरेपछि नेपाल–भारत सम्बन्ध चिसिएको छ। उक्त विवाद सुल्झाउन भारत इच्छुक देखिएको छैन।पछिल्लो समय नेपाल भारतबीच सम्बन्धमा सुधारको प्रयासस्वरुप छलफललाई तीव्रता दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्