काठमाडौ बाहिर जाँदै हुनुहुन्छ ? बसको टिकट कसरी लिने ?
काठमाडौं, असोज १ । ६ महिनादेखि बन्द लामो दुरीको सार्वजनिक यातायात आजदेखि सञ्चालनमा आएको छ । कोरोनाका कारण गत चैत्र ११ मा गरिएको देशव्यापी लकडाउनका कारण थन्किएका सबै सार्वजनिक यातायात आजदेखि सञ्चालनमा आएका हुन् ।
काठमाडौंको बसपार्कमा बिहानैदेखि चहलपहल बढिसकेको छ । सरकारले आज असोज १ बिहीबारबाट सबै यातायात सञ्चालन गर्ने निर्णय गरेपछि बसपार्कमा व्यवसायी र यात्रु चहलपहल बढ्न थालेको हो। तर, कोरोना भाइरस संक्रमणसँगै अहिले थपिएको सबैभन्दा चुनौती हो ‘भीडभाड नियन्त्रण।’
र, सबै दुरीमा चल्ने सार्वजनिक यातायात खुल्दै गर्दा सबैभन्दा भीडभाड हुने ठाउँ भनेको काठमाडौंको गोंगबु नयाँबसपार्क हो।बसपार्क व्यवस्थापनको जिम्मेवारी पाएको ल्होत्से बहुउद्देश्यीय प्रालिले भीडभाड नियन्त्रणका उपाय पनि सुरु गरेको छ।टिकटका लागि अहिले कम्प्युटर प्रणाली सुरु गरिएको छ। विस्तारै बसपार्कमै पुग्नु नपर्ने गरी टिकट बुकिङ सुरु गरिने पनि प्रालिले जनाएको छ।
ल्होत्सेका अध्यक्ष दीपक कुँवरले बसपार्कका कर्मचारी, चालक, सहचालक र यात्रुलाई कोरोना सङ्क्रमण हुन नदिन तथा सामाजिक दुरी कायम गरी यात्रुलाई सुरक्षित रूपमा गन्तव्यस्थलसम्म लैजाने वातावरण निर्माणका लागि टिकट बुकिङलाई कम्युटर प्रणालीमा लगिएको बताए।
‘बसको टिकट लिन लाइनमा उभिँदा कोरोना सङ्क्रमण फैलन सक्ने सम्भावनालाई ध्यानमा राखेर हामीले सामाजिक दुरी कायम गरी कम्युटर प्रणालीमार्फत ‘टिकट बुकिङ’ खुला गरेका हौं, आगामी दिनमा अनलाइन र एप्समार्फत टिकट काट्ने व्यवस्था गर्नैछौं,’ कुँवरले भने।
प्रालिले अबको केही दिनभित्रै ‘टोकन सिस्टम’ बाट टिकट काट्न सक्ने व्यवस्था मिलाउने जानकारी दिएको छ।प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्लले यात्रुको सहजताका लागि नयाँ बसपार्कमा अनलाइन प्रणालीबाट टिकट बुकिङको व्यवस्था मिलाइएको बताए।
‘विगतमा विभिन्न व्यक्तिबाट यात्रु ठगिने, महँगो भाडा तिर्नुपर्नेलगायत समस्या आएकाले अब त्यस्तो हुन नदिन अनलाइनबाटै टिकट काट्ने व्यवस्था मिलाएका हौं,’ मल्लले भने।ल्होत्सेले कम्युटर प्रणाली र अनलाइनमार्फत टिकट बुकिङको व्यवस्था सुरु गरेसँगै विभिन्न बस कम्पनीहरू अनलाइन माध्यममा जान सुरु गरेका छन्।
आजदेखि काठमाडौंबाट प्रदेश १ का ताप्लेजुङ, संखुवासभा, भोजपुर, धनकुटा, सुनसरी, झापा, मोरङ, तेह्रथुम र उदयपुर तथा प्रदेश २ का सिरहा र सप्तरी जाने ५४ बस कम्पनीले कम्युटर प्रणालीमार्फत अनलाइन टिकट बुकिङ सुरु गरिसकेका छन्।
ती कम्पनी मिलेर बनेको काठमाडौं(पूर्वाञ्चल यातायात व्यवसायी समन्वय प्रालिले यात्रुलाई सुरक्षित र भरपर्दो तरिकाले पूर्वी भेग लैजान विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ० र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तोकेको स्वास्थ्य मापदण्ड पूरा गरेर तयारी अवस्थामा बसेको प्रालिले जानकारी दिएको छ।
प्रालिका सचिव रुद्रबहादुर कार्की सरकारले तोकेको मापदण्डलाई पूर्णरूपमा पालना गरेर बस सञ्चालनको तयारी गरेको बताउँछन्।‘कोभिड(१९ का कारण ६ महिनादेखि अस्तव्यस्त रहेको यातायातलाई पूर्ववतस् अवस्थामा फर्काउन अनलाइन माध्यमबाट टिकट बुकिङ गरी सरकारले तोकेअनुसार भाडादरमा यात्रु बोक्छौं,ु उनी भन्छन्।
सरकारले एक सिटमा एकमात्रै यात्रु राख्न पाउने र ५० प्रतिशत भाडा बढाएर लिन पाउने व्यवस्था मिलाए पनि त्यो निर्णय व्यावहारिक नभएको कार्कीको गुनासो छ।प्रालिले चालकको लापरवाही तथा बाटोको दुरावस्थाका कारण हुनसक्ने सवारी दुर्घटना र बसको ‘लोकेसन’ थाहा पाउनका लागि हरेक बसमा ‘जिपिएस सिस्टम’ जडान गर्न लागेको छ।
पूर्वको ताप्लेजुङदेखि पश्चिमको जुम्लासम्म ५० भन्दा बढी जिल्लामा सवारीसाधन नयाँबसपार्कबाट आवतजावत गर्छन्। उक्त बसपार्कबाट दैनिक करिब २ हजार सवारीसाधन ओहोरदोहोर गर्दै आएको ल्होत्सेका महाप्रबन्धक सुनिल कुँवरले बताए।
सार्वजनिक सवारीसाधन फोहर हुँदा भाइरस सङ्क्रमण दर बढ्ने भन्दै हरेक दिन सरसफाइ र स्यानिटाइजर प्रयोग गर्न लगाइने ल्होत्सेले जनाएको छ।यात्रुले बसभित्र प्रवेश गरेपछि अनिवार्यरूपमा स्यानिटाइजर र मास्क प्रयोग गर्नुपर्ने छ।ल्होत्सेले चालक, सहचालक र यात्रुको स्वास्थ्य ध्यानमा राखेर ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालसँगको सहकार्यमा स्वास्थ्य उपचार तथा परामर्श केन्द्रसमेत स्थापना गरेको छ।
काठमाडौंका गौशाला, कोटेश्वर, कलङ्की, गोङ्गबु, बल्खुका मुख्य सडकबाट लामो दुरीका सवारीसाधन विभिन्न जिल्ला जाने गरेका छन्।सार्वजनिक यातायात सञ्चालन हुने भएपछि हजारौं–लाखौं सर्वसाधारण भित्रिने र बाहिरिने गर्दछन् ।यता सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाइ यातायात सञ्चालनका लागि अनुमति दिने निर्णय गरेको थियो । सरकारले साबिकभन्दा ५० प्रतिशत भाडा वृद्धि गरेर आधामात्रै यात्रु बोक्न पाउने नियम बनाएकाले सम्पूर्ण स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्नुपर्ने छ ।
लामो दूरीको सार्वजनिक यातायात खुल्दा उच्च दरमा वृद्धि भइरहेको कोरोना संक्रमणको वृद्धिको जोखिम अझ बढ्ने चिन्ता थपिएको छ । तसर्थ यातायातका साधन चढ्दा वा प्रयोग गर्दा उच्च सावधानी अपनाउनु जरुरी छ ।
सवारी सञ्चालन हुने भएपछि व्यवसायीश्रमिक कर्मचारी ९चालक, सहचालक, परिचालक, बुकिङ०ले मास्क, स्यानिटाइजर, पन्जा, फेस सिल्ड, भाइजर प्रयोग गर्नुपर्ने, सवारीको सिट क्षमताको ५० प्रतिशतमात्रै यात्रु राखेर सरकारले तोकेको ५० प्रतिशत बढी भाडा लिन पाउने र यातायात श्रमिकको कोरोना बिमा गर्न बाँकी रहेका सम्पूर्ण काम कम्पनीले तत्काल गर्नुपर्ने मापदण्ड बनाएका छन् ।











प्रतिक्रिया दिनुहोस्