गुड्न थाले उपत्यकामा सबै सवारी साधन , कारवाहीमा पर्दै जोर–बिजोर उल्लघंन गर्ने

काठमाडौं, असोज १ । काठमाडौं उपत्यकामा पनि सार्वजनिक यातायातका सबै खालका सवारीसाधनहरु गुड्न थालेका छन् ।निजी तथा भाडाका बस, माइक्रो, टेम्पोलगायत सवारीसाधनहरु चल्न थालेका हुन् ।

तर सवारीसाधनमा जोर–बिजोर प्रणाली भने यथावत नै रहँदा नियम उल्लंघन गर्ने सवारीसाधनहरु बिहानैदेखि कारवाहीमा परेका छन् ।

ट्राफिक प्रहरी महाशाखाका अनुसार आज १ सय ३७ सवारी साधनहरुलाई विभिन्न स्थानमा होल्ड गराइएको छ । जसमा १ सय ५ वटा दुई पाङ्ग्रे र ३२ वटा चार पांग्रे सवारी साधन छन् ।

यस्तै, गएको २४ घण्टामा विभिन्न नाका प्रयोग गरी अत्यावश्यक तथा खाद्यान्न बोकेका २ हजार ७ सय ९७ वटा सवारीसाधन भित्रिएका छन् भने ३ हजार १ सय २५ वटा सवारी साधन उपत्यकाबाट बाहिरीएका छन् ।यता सरकारले आज असोज १ बिहीबारबाट सबै यातायात सञ्चालन गर्ने निर्णय गरेपछि बसपार्कमा व्यवसायी र यात्रुको चहलपहल बढ्न थालेको छ।

प्रतिक्रिया दिनुहोस्