प्रधानमन्त्री ओलीले दिए मोदीलाई जन्मदिनको शुभकामना, भने- ‘दुई देशको सम्बन्धलाई प्रगाढ बनाउन लाग्नेछौँ’

काठमाडौं, असोज १ । प्रधानमन्त्री केपीशर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई ७० औँ जन्मदिनको अवसरमा शुभकामना दिएका छन्।

बिहीबार बिहान ट्वीटरमार्फत् उनले शुभकामना दिएका हुन्। नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री अ‍ोलीले ट्वीटरमार्फत प्रधानमन्त्री मोदीको जन्म दिनको शुभकामना दिँदै स्वास्थ्य र खुशीको लागि कामना पनि गरेका छन् ।

प्रधानमन्त्री ओलीले सो अवसरमा दुवै देशको बीचमा रहेको सम्बन्धलाई अझ बलियो बनाउन मिलेर काम गर्ने कार्यलाई जारी राख्ने पनि उल्लेख गरेका छन् ।

‘तपाईँको जन्मदिनको शुभ अवसरमा सु-स्वास्थ्य र खुसीको कामना गर्दछु’, प्रधानमन्त्रीले ओलीले भनेका छन्, ‘हामी दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन निरन्तर लाग्नेछौँ।’

भारतीय प्रधानमन्त्री मोदी १७ सेप्टेम्बर सन् १९५० मा गुजरातमा जन्मिएका थिए। यता पछिल्लो समय नेपाल भारतबीच सम्बन्धमा सुधारको प्रयासस्वरुप छलफललाई तीव्रता दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्