आजबाट लामो दुरीको यातायात सञ्चालनमा , काठमाडौँमा जोर बिजोर
काठमडौं, असोज १ । कोरोना भाइरसको महामारीले ६ महिनादेखि थन्किएका सार्वजनिक यातायात आजदेखि सञ्चालनमा आएका छन् ।
सरकारले चैत्र ११ गतेदेखि सुरू गरेको लकडाउन साउन ६ मा खुला गरे पनि सरकारले अन्तरजिल्ला सार्वजनिक सवारी साधन खुला गरिएको थिएन ।६ महिनाअघि विश्वभरि महामारीको रूप लिएको कोरोना भाइरस को रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनसँगै बन्द भएका लामो दुरी तथा अन्तरजिल्ला सञ्चालन हुने सार्वजनिक सवारी साधन आजबाट खुलेका हुन ।सरकारले कोरोना भाइरसको महामारीको समयमा ५० प्रतिशतसम्म भाडा बढाउन अनुमति दिइसकेको छ ।
गाडीको सिट क्षमताको आधा मात्र यात्रु राख्नुपर्ने र चालक, सहचालकले मास्क, सेनिटाइजर अनिवार्य प्रयोग गनुपर्ने मापदण्ड बनाइएको छ । यात्रुले पनि यात्रा अवधिभर मास्क लगाएर यात्रा गर्नु पर्ने छ । गाडी चढ्नुअघि यात्रुलाई सेनिटाइजर व्यवस्था गर्नुपर्ने छ ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले सबै खाले सार्वजनिक यातायात आजदेखि खुला गर्ने निर्णय गरेसँगै ९लामो, मध्यम तथा छोटो दूरी०सबै खाले सार्वजनिक गाडी सञ्चालनमा आएका हुन् ।यसैगरिदेशभर सबै खाले सार्वजनिक गाडी सञ्चालनमा आए पनि काठमाडौँ उपत्यकामा भने महामारीको जोखिम बढ्दै गएकाले जोरबिजोर प्रणालीमा मात्रै सञ्चालनको अनुमति दिइएको छ ।
बुधबार काठमाडौँ उपत्यकाका तीन वटै ९काठमाडौँ, भक्तपुर र ललितपुर०जिल्ला प्रशासन कार्यालयहरूले यातायातमा जोर बिजोर प्रणालीलाई कायमै राख्दै ब्यवसाय खोल्न तोकिएको बारको प्रतिबन्ध हटाएका छन् ।
ु











प्रतिक्रिया दिनुहोस्