जन प्रभात मा.वि.को २४ कोठे भवनको शिलन्यास

काठमाडौं । काठमाडौं महानगरपालिका वार्ड नं.१३ कालीमाटी स्थित जन प्रभात मा.वि.को २४ कोठे भवनको शिलन्यास भएको छ ।
मंगलबार काठमाडौं जिल्ला समन्वय समितिका प्रमुख शिब सुन्दर राजबैद्यको प्रमुख आतिथ्यतामा भवनको शिलान्यास कार्यक्रम सम्पन्न भएको हो ।
स्कुलको भवन एसियालि बिकास बैंक र नेपाल सरकार, राष्ट्रिय पुननिर्माण प्राधिकरणको आर्थिक तथा प्राबिधिक सहयोगमा बन्न लागेको हो ।
भवनको लागत ८ कोरोड ५० लाख रहेको छ । निर्माण अबधि ५४० दिन रहेको छ । निमार्णको ठेक्का शर्मा खानी जेभी कम्पनीले पाएको छ । भवन निमार्णको डिपिआर उमर मुन्शी एसोसिएट्स, पाकिस्तानको कन्सल्ट्यान्टले गरेको छ
सो कायक्र्रममा प्रमुख अतिथि तथा जिल्ला समन्वय समितिका प्रमुख शिब सुन्दर राजबैद्यले जन प्रभात मा.वि.लाई २०७२ सालको भूकम्पबाट रुग्न भएकाले यसलाई निर्माण गर्न सक्दो सहयोग गर्ने बताउनुभयो । उहाँले अन्य रुग्न भएका स्कुलहरुलाई पनि निर्माण कार्य गर्दै जाने बताउँदै भवनको अभावमा स्कुलको पठन पाठनमा प्रभाव पारेकाले छिटोभन्दा छिटो भवनको निर्माण सम्पन्न गर्न ठेकेदार कम्पनीलाई आग्रह गर्नुभयो ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष रामशरण डंगोलेले स्कुलको भवन निर्माण गर्ने आर्थिक तथा प्राविधि सहयोग गर्ने नेपाल सरकार, एसियालि बिकास बैंक, राष्ट्रिय पुननिर्माण प्राधिकरण लगायत सबैलाई धन्यवाद दिंदै निर्माणको गुणस्तरी कार्य गर्न आफूहरुले सक्दो अनुगमन तथा निगरानी गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
स्कुलमा कक्षा १ देखि १२ सम्म गरि हाल सात सय विद्यार्थीहरुले अध्ययन गरिहेको र विज्ञान संकाय बाहेक अन्य सबै विषयको पढाई हुँदै आएको छ । स्कुलको हाल दुईवटा भवन रहेकोछ ।

प्रतिक्रिया दिनुहोस्