कुलमानको पुनर्नियुक्तिको माग गर्दै माइतीघरमा प्रदर्शन, प्रहरीको हस्तक्षेप
काठमाडौं, भदौ ३१ । नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई पुनर्नियुक्तिको माग गर्दै बुधबार राजधानीमा प्रदर्शन भएको छ । मंगलबार प्राधिकरणले कुलमानको बिदाइ गरेसँगै उनका समर्थकहरुले पुनर्नियुक्तिको माग गर्दै राजधानीको बालाजु, माइतीघरलगायतका स्थानमा प्रदर्शन गरेका हुन् ।
कुलमान घिसिङलाई पुन: विद्युत प्राधिकरण निर्देशक बनाउनुपर्ने मागसहित विभिन्न ठाउँमा प्रदर्शन भएका छन् ।यसैक्रममा आज काठमाडौंको माइतिघरमा प्रदर्शनमा उत्रिएकामाथि प्रहरीले हस्तक्षेप गरेको छ । प्रदर्शन गर्नेलाई प्रहरीले पानीको फोहोरा हानेर तितरवितर पारेको छ ।
उज्यालो नेपाल निर्माणका अभियन्ता बनेका घिसिङलाई पुनस् प्राधिकरणमा ल्याउन माग गर्दै प्रदर्शन गरिएको हो ।उनीहरुले लोडसेडिङमुक्त गर्ने कुलमानलाई पुनर्नियुक्ति गर्नुपर्ने आशयको ब्यानरसहित प्रदर्शन गरेका हुन् । उनको पुनर्नियुक्ति नगरिए बिजुली माफियाले पुन लोडसेडिङ गराउन सक्ने आशंका आम सर्वसाधारणको छ ।
तर, सत्तारुढ दलभित्रनै स्वास्थ्य नमिल्दा नियुक्ति हुने नहुने अन्योल कायम छ ।उनलाई पुनः नियुक्ति गर्नुपर्ने आवाज र जनस्तरबाट पनि सरकारमाथि दबाव उठेपनि सरकारले निर्णय लिइसकेको छैन ।
धबार राजधानीको माइतीघरमा भेला भएका कुलमानका समर्थकहरुले सरकारलाई पुनर्नियुक्तिको दवाव दिँदै नाराबाजी गरेका हुन् ।घिसिङको पुनः नियुक्तिको माग गर्दै सोमबार माइतीघरमा प्रदर्शनसमेत भएको थियो ।















प्रतिक्रिया दिनुहोस्