कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना, के भयो ?
काठमाडौं, भदौ ३१ । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला अस्पताल भर्ना भएका छन्।
कोरोना संक्रमण भएपछि होम आइसोलेसनमै रहेका कोइरालालाई ज्वरो बढेपछि अस्पताल भर्ना गरिएको हो ।
अहिले ज्वरो हटेको र आइसीयुमा उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ । उनमा भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो। उनलाई चावहिलस्थित ओम अस्पताल लगिएको छ ।
प्रतिक्रिया दिनुहोस्