भारतले नेपाललाई दियो कोरोना उपचारका लागि दुई हजार डोज औषधि

काठमाडौं, भदौ ३० । भारतले नेपाललाई कोरोना उपचारका लागि दुई हजार डोज औषधि दिएको छ । भारतले कोरोना संक्रमितको उपचारमा प्रयोग हुदै आएको रेम्डिसिभिरको २ हजार डोज औषधि नेपाललाई उपलब्ध गराएको हो ।

आज आयोजित एक कार्यक्रममा नेपालका लागि भारतीय राजदूत वियनमोहन क्वात्राले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई सो औषधि हस्तान्तरण गरेका छन्परराष्ट्र मन्त्रालयले सो औषधि भारतबाट उपहारको रुपमा प्राप्त भएको जनाएको छ।

भारतीय दुतावासका अनुसार कोभिड–१९ महामारीका चुनौति सामना गर्न भारतले नेपाललाई दिँदै आएको सहयोगको निरन्तरताको रुपमा यो सहयोग जारी राखिएको जनाएको छ।

यसअघि बैशाख १० मा भारत सरकारले प्यारासिटामोल, हाइड्रोक्लोरोक्विनलगायत अन्य औषधि र जेठ ४ गते पिसिआर टेष्ट किट्स लगायत स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो।

यसअघि बंगलादेशले नेपाललाई ५ हजार डोज रेम्डिसिभिर उपलब्ध गराएको थियो।

 

प्रतिक्रिया दिनुहोस्