थपिए १ हजार १७० जना कोरोना संक्रमित, १५ जनाको मृत्यु

काठमाडौं, २९ भदौ । पछिल्लो २४ घण्टामा थप ११७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ थप ११७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रवक्ता गौतमका अनुसार थप सहित हालसम्म कुल संक्रमित हुनेको संख्या ५५ हजार ३२९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ८७९ जना कोरोनाबाट निको भएका छन् । थपिएको सहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ३९ हजार ५७६ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या भने १५ हजार ३९३ मात्रै छ । यस्तै मृतक थप १५ जनामा कोरोना पुष्टि भएको छ । हालसम्म मृतक ३६० जनामा कोरोना देखिएको छ । पछिल्लो २४ घण्टामा १० हजार ८७८ जनाको पिसिआर परीक्षण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्