नेपाली सेनाका विभिन्न ब्यारेकलाई आइसोलेशन कक्ष बनाउँदै कमवानपुर
काठमाडौं, २९ भदौ । नेपाली सेनाका विभिन्न ब्यारेकमा ९० श्याको आइसोलेशन कक्ष स्थापना गर्ने भएको छ । मकवानपुर जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको आज बिहान बसेको बैठकले कोरोना सङ्क्रमण लक्षण देखापरेका व्यक्तिलाई तत्काल उपचार सेवा प्रदान गर्न र बिरामीलाई भर्ना गरी उपचार सेवा पुर्याउने उद्देश्यले नेपाली सेनाको विभिन्न ब्यारेकलाई आइसोलेशन कक्ष स्थापना गरिन लागेको हो ।
सोही बैठकले मध्यपृतना मुख्य कार्यालय सुपारेटार, दलगण चित्लाङ, नं एक जगदलगण सुनाचुरी, काली इञ्जिनीयरिङ दलगण भैँसे, पुरानो गोरखगण सुपारेटार, नं ३ कुलेखानी, भीमफेदीस्थित प्लाष्टिक उद्योग र छतिवन ब्यारेकमा पनि छुट्टाछुट्टै आइसोलेशन कक्ष स्थापना गर्ने निर्णय गरेको छ ।
सोही बैठकले नेपाली सेनाद्वारा सञ्चालन गर्न लागिएको आइसोलेशन कक्षमा सङ्क्रमण देखिएका बिरामीलाई सेनाकै चिकित्सकबाट सेवा उपलब्ध गराउने र अति गम्भीर प्रकृतिका बिरामीलाई आवश्यकतानुसार चितवन वा वीरगञ्जतर्फको कोभिड अस्पतालमा उपचार गर्न रिफर गर्ने निर्णय गरेको छ । बैठकमा जिल्लाका विभिन्न स्थानमा आगामी असोजको पहिलो हप्तादेखि यातायात सञ्चालन गर्न आवश्यक कार्यतालिका तयार गरी ल्याउन नारायणी यातायात व्यवसायी सङ्घलाई सुझाव समेत दिइएको छ ।















प्रतिक्रिया दिनुहोस्