दशगजामा गोली चल्यो, विराटनगरका युवक घाइते

काठमाडौं, भदौ २९ । दशगजामा गोली चलेको छ । भारत र नेपालको सीमा क्षेत्रस्थित रहेको दशगजामा गोली चलेको हो । गोली चल्दा एक युवक घाइते भएका छन्।गोली लागेर विराटनगर १२ का दीपक मण्डल घाइते भएको प्रहरी कार्यालय मोरङ्गले जनाएको छ।

घाइते मण्डल खुट्टाको औलामा चोट लागेको प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काकाले बताए ।२४ वर्षीय मण्डल लागु औषध दुर्व्यशनी भएको जनाउँदै भारततर्फबाट लागुपदार्थ सेवन गरेर फर्कने क्रममा घटना भएको प्रहरीले जनाएको छ ।

सीमा क्षेत्रको दशगजा नजिकै भारततर्फको भूमिमा आइतबार अपरान्ह करिब ३ बजेतिर गोली प्रहार भएको प्रहरीको भनाइ छ । विराटनगर महानगरपालिका–१७ मटेरुवा नाका हुँदै उनी भातरतर्फ गएको केहीबेरमै गोली प्रहार भएको थियो।

प्रहरीका अनुसार मण्डलमाथि भारत जोगवनीका अन्दाजी २५.३० वर्षीय मुकेश यादवले पेस्तोलबाट गोली प्रहार गरेको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्