बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जनाको मृत्यु

काठमाडौं, २९ भदौ । कोराना कारण एक जनको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठामा उपचारका क्रममा मोरङका एक संक्रमितको मृत्यु भएको हो । कुनै दीर्घ रोग नभएका एक ४० वर्षीय पु?षको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

मोरङको धनपालथान–६ का ती पु?षको आइतबार राति ८ः४५ मा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

उनलाई प्रतिष्ठानको अथर्थाे अब्जरभेसन वार्डमा उपचारको क्रममा रहँदा कोरोना संक्रमण पुष्टि भएको थियो । शुक्रबार प्रतिष्ठानको ल्याबबाट संक्रमण पुष्टि भएपछि उनलाई शनिबार राति साढे १० बजे कोभिड अस्पतालमा सारिएको थियो । यसअघि आइतबार दिउँसो बिराटनगर–१२ का ७० वर्षीय पु?षको पनि प्रतिष्ठानकै कोभिड अस्पतालमा मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्