भारतले गर्यो बाढी पहिरो प्रभावितका लागि टेन्ट र प्लास्टिक सिट सहयोग

काठमाडौं, भदौ २८ । भारतले नेपालका बाढी तथा पहिरो प्रभावितका लागि राहत सामग्री हस्तान्तरण गरेको छ ।

भारतीय दूतावासका मिसन उप-प्रमुख नामग्य सी खम्पाले भारत सरकारको तर्फबाट संसद सदस्यसमेत रहेकी नेपाल(भारत महिला मैत्री समाज (एनआईडब्लूएफएस) का अध्यक्ष चण्दा चौधरीलाई आपतकालीन राहत सामग्री हस्तान्तरण गरेकी हुन् ।

राहत सामग्रीमा नेपालका पाँच जिल्लामा बाढी र पहिरोबाट प्रभावित परिवारहरूलाई वितरणका लागि उपलब्ध गराइएको छ । राहत सामग्रीमा टेन्ट र प्लास्टिक सिटहरु रहेका छन् ।

पछिल्लो समय आएको बाढी र पहिरोबाट भएको जनधनको क्षतिलाई ध्यानमा राख्दै सिन्धुपाल्चोक, कैलाली, महोत्तरी, नवलपरासी र सर्लाहीका स्थानीय सरकारहरूसँगको समन्वयमा एनआईडब्ल्यूएफएसमार्फत वितरण गरिने जनाइएको छ ।

यो राहत भारत सरकारको नियमित मानवीय सहयोग र नेपाललाई आपतकालीन राहत सहायताको उपलब्ध गराउने प्याकेजको हिस्सा भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्