आजबाट सकियो कुलमान घिसिङको कार्यकाल , नयाँ को भन्ने टुंगो छैन अझै
काठमाडौं, भदौ २८ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आजबाट विदा हुँदैछन्। प्राधिकरणको ४ वर्षे कार्यकाल आइतबारबाट सकिँदैछ। घिसिङ २०७३ भदौ २९ गते प्राधिकरणको कार्यकारी पदमा नियुक्त भएका थिए ।
उनको कार्यकालको अन्तिम दिनसम्म पनि प्राधिकरणको नयाँ कार्यकारी निर्देशक को भन्ने टुंगो लागेको छैन। देशमा विद्यमान लोडसेडिङ हटाएको श्रेय घिसिङलाई जान्छ। जनार्दन शर्मा उर्जामन्त्री हुँदा उनी खुला प्रतिस्पर्धाबाट प्राधिकरण नेतृत्वमा आएका थिए।मन्त्रिपरिषद्ले घिसिङलाई पुनः नियुक्त नगरे प्राधिकरणमा उनको कार्यकारी भूमिकाको यात्रा सकिनेछ ।
प्राधिकरणमा नियुक्त भएकै वर्ष लक्ष्मीपूजाका दिन काठमाडौं उपत्यकामा लोडसेडिङ हुन नदिएपछि उनको चर्चा चुलिएको थियो । त्यसपछि क्रमशः देशैभर लोडसेडिङ अन्त्य गर्न भूमिका खेलेका थिए ।यसैबीचघिसिङको पदावधि आज सकिने भए पनि उनलाई दोहोर्याउने विषयमा ऊर्जा मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव पुर्याइसकेको छैन । मन्त्रालयले हालसम्म कुनै प्रस्ताव भने गरिसकेको छैन् ।











प्रतिक्रिया दिनुहोस्