सिन्धुपाल्चोक पहिरोः ९ जनाको शव फेला, २२ अझै बेपत्ता, २२ घर क्षतिग्रस्त

काठमाडौं , भदौ २८ । सिन्धुपाल्चोक, बाह्रबिसे पहिरोमा हराएकामध्ये हालसम्म नौजनाको शव फेला परेको छ । २२ जना अझै बेपत्ता रहेको स्थानीय बासिन्दाले जानकारी दिएका छन् ।

स्थानीय शिक्षक बजिरसिंह भण्डारीका अनुसार दिउँसो साढे १ जबेसम्म ९ जनाको शव फेला परेको छ । उनका अनुसार पहिरोमा २२ जना बेपत्ता छन् । २२ घर पूर्ण रूपमा क्षतिग्रस्त बनेको र १८० घरधुरी जोखिममा देखिएका छन् ।

“नेपाली सेना, सशस्त्र प्रहरी बल र इलाकाबाट खटिएका प्रहरीसमेतले खोजीलाई तीव्र बनाएका छन् । तर पहिरोले बगाएको हुनाले बेपत्ताहरू खोज्‍न कठिनाइ भइरहेको छ । बेपत्ताहरू जीवितै भेटिने सम्भावना न्यूनः देखिन्छ,” उनले भने ।

गएराति ३ बजे आसपासबाट सुरु भएको पहिरोले बढी क्षति भिरखर्क र नागपुजेमा पुर्‍याएको छ । भिरखर्कस्थित सानो सल्लेनी सामुदायिक वनबाट पहिरो सुरु भएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्