सिन्धुपाल्चोक पहिरो अपडेट : ७ जनाको शव फेला , २४ बेपत्ता, सभामुख सापकोटा पुगे घटनास्थलमा
काठमाडौं, भदौ २८ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाका विभिन्न स्थानमा गएको पहिरोमा बेपत्तामध्ये सात जनाको शव फेला परेको छ। अझै २४ जना हराइरहेका छन्।
बाह्रबिसे नगरपािलकाका मेयर निमफुन्जे शेर्पाले दिएको जानकारीअनुसार अहिलेसम्म सात जनाको शव भेटिएको हो।‘बेपत्ताको खोजी जारीरहेको र , ‘सभामुख अग्निप्रसाद सापकोटा पनि अहिले घटनास्थलर्मै पुगेको बताएको छ ।
सभामुख सापकोटाको गृह जिल्ला सिन्धुपाल्चोक नै हो।यता भेटिएका सात शव ककसका हुन् भन्ने विषयमा अहिले पत्ता लगाउने प्रयास भइरहेको मेयर शेर्पाले बताए।
घटनास्थलमा अहिले खोजी तथा उद्धार जारी रहेको छ । बेपत्ताहरू अझै सम्पर्कमा नआएकाले मृतकको संख्या बढ्न सक्ने भएको छ ।











प्रतिक्रिया दिनुहोस्