नविल बैंकले गर्यो पुनर्कर्जाका लागि निवेदन आह्वान
काठमाडौँ, भदौ २७ । नविल बैंकले पुनर्कर्जाका लागि निवेदन आह्वान गरेको छ। बैंकका अनुसार उक्त कर्जाका लागि बैंकका सम्बन्धित शाखा कार्यालयमा आवश्यक कागजातसहित असोत २ गतेभित्र निवेदन दिनु पर्नेछ।
यस बैंकबाट कर्जा सुविधा उपभोग गरिरहेका पुनर्कर्जाका लागि योग्य ग्राहकहरुका लागि निवेदन दिन आह्वान गर्दै बैंकले सूचना जारी गरेको हो।
नेपाल राष्ट्र बैंकले जारी गरेको ‘नेपाल राष्ट्र बैंक पुनर्कर्जा कार्यविधि, २०७७’ का लागि भदौ १ गते सूचना जारी गरेको थियो।
तोकिएको मिति नाघेको खण्डमा निवेदन प्राप्त भएमा पुनर्कर्जा सुविधा नपाइएमा बैंक जिम्मेवार नहुने बैंकले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्