जनवरी ट्रान्सफर विन्डोमा खेलाडी नकिन्ने रियल म्याड्रिड एक्लो टोली
म्याड्रिड (एजेन्सी) । भर्खरै सम्पन्न जनवरी ट्रान्सफर विन्डोमा रियल म्याड्रिडले कुनै खेलाडी खरिद गरेन । रियल ला लिगामा खेलाडी नकिन्ने एक्लो टोली हो ।
लगभग सबै टोलीले नयाँ खेलाडी भित्र्याउने क्रम जारी राख्दा रियल म्याड्रिडले भने कुनै परिवर्तन गरेको छैन । रियलका प्रशिक्षक जिनेदिन जिदानले अहिलेको टोली सफलता दिलाउन पर्याप्त रहेको बुझाई राखेका छन् । यधपी उनले अर्को ट्रान्सफर विन्डोमा भने खुलेर खर्च गर्ने सम्भावना रहेको छ ।
यस ट्रान्सफर विन्डोमा बार्सिलोनाले १ सय ४२ मिलिष खर्चेर लिभरपुलबाट फिलिप कोउटिन्होलाई भित्र्याएको थियो । एट्लेटिको म्याड्रिडले पनि प्रिमियर लिग क्लब चेल्सीबाट फरवार्ड डिएगो कोस्टालाई फिर्ता ल्यायो । सेभिल्लाले मिडफिल्डर रोके मेसा ल्याउँदा भ्यालेन्सियाले लुसियानो भिएटोको साथ जोड्यो ।
रियलले अर्को ट्रान्सफर विन्डोमा ठूलो नामका खेलाडी भित्र्याउने गृहकार्य सुरु गरिसकेको छ । त्यसका लागि हाल टोलीमा रहेर अपेक्षाकृत प्रदर्शन गर्न नसकेका खेलाडीले क्लब छाड्ने वातावरण सिर्जना हुनेछ ।
प्रतिक्रिया दिनुहोस्