प्रस्तावमा आफ्नो विषय नसमेटिएको भन्दै नेता नेपालको आपत्ति, आक्रामक रुपमा प्रस्तुत हुँदै बैठकमै कड्किए

काठमाडौं, भदौ २६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक बालुवाटारमा जारी छ ।जारी बैठकमा हालसम्म वरिष्ठ नेता माधव कुमार नेपाललगायतका ९ जना स्थायकी कमिटी सदस्यहरुले आफ्नो धारणा राखेका छन् ।  बैठकमा केपी ओलि, माधवकुमार नेपाल, देव गुरुङ, लिलामणि पोखरेल, घनश्याम भुसाल, मात्रिका यादव, अस्टलस्मी शाक्री, रघु पन्त, भीम आचार्य लगायतले अहिलेसम्म घारणा राखेका छन्।

बैठकमा नेता नेपालले १५ बुँदे असहमतिका विषयमा आफ्नो भनाइ राखेका थिए ।आन्तरिक विवादका कारण झण्डै डेढ महिना अघि स्थगित बैठक विवाद समाधानउन्मुख भएपछि शुक्रबार बसेको हो ।

बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले तयार पारेको पार्टी र सरकार सञ्चालनसम्बन्धि १५ बुँदे प्रस्तावमाथि सामान्य छलफल गरेर पारित गर्ने तयारी छ ।

उनले आफ्नो विषयमा प्रस्तावमा नसमेटिएको भन्दै कडा रुपले प्रस्तुत भएको बैठकमा सहभागी एक नेताले बताए। अध्यक्षद्वयले सहमति गरेर मात्रै नहुने उनको धारणा थियो।

प्रधानमन्त्री केपी शर्मा ओली भने बैठकमा एकैछिन बसेर बाहिरिएका थिए । अर्का कार्यकारी अध्यक्ष प्रचण्डलाई बैठकको अध्यक्षता गर्न जिम्मा दिएर उनी बैठकबाट बाहिरिएका हुन् ।

गत असार १० गतेबाट सुरु भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको विषय चर्किएपछि साउन १३ पछि अनिश्चितकालका लागि स्थगित भएको थियो । यता नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को बालुवाटारमा जारी स्थायी समिति बैठकमा वरिष्ठ नेता माधव कुमार नेपाल आक्रामक रुपमा प्रस्तुत भएका छन् ।

बैठकमा नेता नेपालले पार्टी विधि र पद्धतिमा चल्नु पर्नेमा जोड दिँदै अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले ल्याएको १५ बुँदे प्रस्तावप्रति चर्कोै असन्तुष्टि जनाएको एक स्थायी समिति सदस्यले जानकारी दिए ।

नेपालले मुलतः अध्यक्षद्वयको प्रस्तावमा एक व्यक्ति एक पदको व्यवस्था नभएको प्रति चर्को असन्तुष्टि जनाएका थिए । व्यक्ति एक मुख्य जिम्मेवारी लगायतका विषय प्रस्तावमा किन समेटिएन ? विधि बिना पार्टी कसरी चल्छ ?’ भन्दै नेपाल बैठकमा कड्किएका थिए ।उनले पार्टी एकताको ५ महिनायता निरन्तर एक व्यक्ति एक मुख्य जिम्मेवारी लगायतको मुद्धा उठाउँदै आएका छन् ।

नेकपा स्थायी कमिटी असार १८ गतेदेखि अवरूद्ध रहँदै आएको थियो । पार्टी महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले तयार पारेको सुझाव प्रतिवेदनलाई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले हेरफेर गरेर प्रस्तावको रूप दिएका छन् ।

सबै स्थायी कमिटी सदस्यहरूलाई इमेलमार्फत् उपलब्ध गराइसकिएको प्रस्ताव पारित गरेपछि स्थायी कमिटी बैठक आजै टुङ्ग्याउने सम्भावना रहेको स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्