नेशनल माइक्रोफाइनान्सको संस्थापक शेयर लिलामीमा आउँदै

काठमाडौं २६, साउन । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको १ लाख १० हजार कित्ता शेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ ।

माइक्रोफाइनान्सले लिलाम बढाबढ गरी बिक्री गर्न लागेको सो शेयर खरिदका लागि इच्छुक व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन असोज २ गतेदेखि कात्तिक ६ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
यस शेयरको न्यूनतम मूल्य ७२५ रुपैयाँ तोकिएको छ । बोलपत्र पेश गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गरि पेश गर्नुपर्नेछ । शेयर खरिदका लागि न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम शेयर संख्याको कुनै हद छैन । कम्पनीको शेयर बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

कात्तिक ६ गतेदेखि कात्तिक १८ गते अपरान्ह ३ बजेसम्म दर्ता भएका बोलपत्रहरु एनआईबिएल एस क्यापिटलको कार्यालयमा खोलिनेछ ।

प्रतिक्रिया दिनुहोस्