भारतमा कोरोना संक्रमणको नयाँ रेकर्ड , एकैदिन थपिए ९६ हजारभन्दा बढी संक्रमित

काठमाडौं, भदौ २६ । भारतमा पछिल्लो २४ घण्टामा ९६ हजार पाँच सय ५१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

यो एकैदिन संक्रमित देखिएको अहिलेसम्मकै सबैभन्दा बढी हो ।भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले देशभरी संक्रमितको संख्या ४५ लाख ६२ हजार चार सय १५ पुगेको जनाएको छ ।

संक्रमितमध्ये ३५ लाख ४२ हजार ६ सय ६४ जना भने निको भइसकेका छन् । हाल नौ लाख ४३ हजार चार सय ८० जना संक्रमित अवस्थामा छन् ।

भारतमा अहिलेसम्म कोरोना संक्रमणबाट ७६ हजार दुई सय ७१ जनाको मृत्यु भएको अधिकारीहरुले शुक्रबार जनाएका छन् ।भारतमा सबैभन्दा बढी महाराष्ट्र प्रदेशमा संक्रमणको प्रभाव देखिएको छ । महाराष्ट्र

प्रदेशमा मात्रै अहिले पनि दुई लाख ५३ हजार एक सयजना सक्रिय संक्रमित छन् ।महाराष्ट्रमा अहिलेसम्म ६ लाख ८६ हजार चार सय ६२ जना संक्रमित भइसकेका छन् । त्यहाँ २७ हजार सात सय ८७ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।

त्यसैगरी दोस्रो धेरै प्रभावित भएको आन्द्र प्रदेशमा ९७ हजार दुई सय ७१ जना अझै पनि संक्रमित छन् । यस प्रदेशमा अहिलेसम्म कुल चार लाख २५ हजार ६ सय सातजना संक्रमित भएको र चार हजार ६ सय ३४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्