यातायात व्यवसायी र मजदुरलाई सरकारले राहत दिन सक्दैन: मन्त्री नेम्वाङ

काठमाडौं । यातायातमन्त्री बसन्त नेम्वाङले यातायात व्यवसायी र मजदुरलाई सरकारले राहत दिन नसक्ने बताएका छन् । यातायात व्यवसायी र मजदुर संगठनका नेताहरुले शुक्रबार यातायातमन्त्री बसन्त नेम्वाङलाई भेटेर चारबुँदे माग राखेका छन् ।

यसैक्रममा उनले सरकारले राहत दिन नसक्ने बताए बताएका हुन । यातायात व्यवसायी र मजदुर संगठनका नेताहरुलाई भौतिक पूर्वाधार तथा यातायातमन्त्रीलाई भेटेर असोज १ गतेबाट यातायात चलाउने चेतावनी दिएका छन् ।नेम्वाङले ‘ सरकार राहत दिनसक्ने अवस्थामा छैन भन्नुभयो’ नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले भने ।

मन्त्री नेम्वाङले व्यक्तिगत रुपमा आफू पनि गाडी चलाउन दिनुपर्छ भन्नेमा रहेको भन्दै भनेका छन्, ‘गाडी चलाउने नचलाउने मैले मात्र भनेर हुँदैन, स्वास्थ्य मन्त्रालय र अर निकाय पनि छन् । चर म तपाईहरुको कुरा प्रधानमन्त्रीसम्म पुर्‍याउँछु ।’

यता अन्तर जिल्ला यातायात सञ्चालनमा भदौ ३२ गतेसम्म रोक लगाइएको छ । तर कोरोना संक्रमण नियन्त्रणमा आइनसकेकाले यो थप लम्बिने सम्भावना छ ।त्यसबारे निर्णय गर्नुपूर्व दबाआ दिँदै आएका यातायात व्यवसायी र मजदुर संगठनका नेताहरुले शुक्रबार यातायातमन्त्री बसन्त नेम्वाङलाई भेटेर चारबुँदे माग राखेका हुन् ।

असोज १ गतेबाट अन्तर जिल्ला यातायात खुला गर्नुपर्ने, उपत्यकामा १६ सिटभन्दा कम क्षमताका सवारी पनि चलाउन पाउनुपर्ने, होल्डिङ सेन्टरमा भएको अनियमितताबारे छानविन गर्नुपर्ने र सवारीको आयु तोकेर दर्ता तथा नविकरण रोक्ने निर्णय खारेज गर्नुपर्ने उनीहरुको माग छ ।

सरकारको निर्णय मानेर ६ महिनादेखि गाडी थन्काएर बसेको, तर असोज १ बाट नमान्ने उनीहरुले बताएका छन् ।जवाफमा मन्त्री नेम्वाङले पनि कि काम गर्न देऊ, नभए माम देऊ भन्ने माग जायज भएको बताएका छन् ।

गत चैत ११ गते लकडाउन गरिएपछि लामो दूरीका सवारीसाधन चल्न सकेका छैनन् ।मापदण्ड तोकेर केही दिन छोटो दूरीका सवारीसाधन सञ्चालनमा आएपछि लामो दूरीका सवारी साधन पनि सञ्चालनमा आउने आशा गर्दा गर्दै सरकारले निर्णय नदिदा सार्वजनिक यातायातमा निजी क्षेत्रले गरेको करोडौँको लगानी जोखिममा परेको व्यवसायीहरूको गुनासो छ ।

कोरोनाले यति बेला सार्वजनिक यातायात सेवा बन्द छ । यसरी लामो समय सम्म बन्द हुँदा व्यवसायीे धरापमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्