राजदूतमा सिफारिस तीन जनाकै नाम सुनुवाई समितिबाट सर्वसम्मत अनुमोदन

काठमाडौं, भदौ २५ । सरकारले हालै सिफारिस गरेका तीन जना प्रस्तावित राजदूतको नाम संसदीय सुनुवाई समितिले सर्वसम्मत अनुमोदन गरेको छ ।

जर्मनी, युरोपियन युनियन र पाकिस्तानका लागि नेपाली राजदूतमा सिफारिस भएका तीनै जनालाई संसदको सुनुवाइ समितिले अनुमोदन गरेको हो ।

बिहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले बेल्जियम र युरोपियन युनियनका लागि गेहेन्द्र राजभण्डारी, पाकिस्तानका लागि तापस अधिकारी र जर्मनीका लागि रामकाजी खड्काको नाम अनुमोदन गरेको हो।अब उनीहरुले राष्ट्रपतिबाट नियुक्ति पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्