काठमाडौं उपत्यकामा आजसम्मकै धेरै संक्रमित, एकै दिन थपिए ५७२ जना
काठमाडौं । राजधानी उपत्यकामा ५७२ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो चौबीस घण्टामा काठमाडौं उपत्यकामा ५७२ जना कोरोना संक्रमित थपिएका जानकारी दिए । उनका अनुसार काठमाडौंमा ४९५ जना, भक्तपुरमा ३४ र ललितपुरमा ४३ जना कोरोना संक्रमित थपिएका छन् ।
यता देशभर १६५ जना कोरोना संक्रमितको आईसीयूमा र २१ जनाको भेन्टिलेटरमा राखेर भइरहेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै बागमती प्रदेशमा १०५ जना आईसीयूमा उपचाररत छन्।
यस्तै, प्रदेश–१ मा ४, प्रदेश–२ मा २४, गण्डकी प्रदेशमा ५, प्रदेश– ५ मा २०, कर्णाली प्रदेशमा ६ र सुदूरपश्चिम प्रदेशमा १ जना संक्रमित आईसीयूमा छन्।
यसैगरी, बागमतीमा २० र प्रदेश–५ मा १ जना संक्रमितको भेन्टिलेटरमा रोखर उपचार भइरहेको मन्त्रालयले जनाएको छ।











प्रतिक्रिया दिनुहोस्