जनरल इन्स्योरेन्स कम्पनीले पायो आईपीओ निष्कासन गर्न बोर्डको अनुमति
काठमाडौं, भदौ २५ । जनरल इन्स्योरेन्स कम्पनीले प्राथमिक शेयर निष्काशन गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई तीस करोड रुपैयाँको प्राथमिक शेयर निष्काशन गर्ने अनुमति दिएको हो।
बोर्डको अनुमतिसँगै कम्पनीले केही दिनमा नै सार्वजनिक सूचना जारी गरेर निष्काशन गर्नेछ।प्राथमिक शेयर निष्काशनका लागि कम्पनीले धोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा एनआइबिएल एस क्यापिटललाई नियुक्त गरेको छ।
कम्पनीले २०७७ असार ५ गते ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता साधारण सेयर बिक्रीको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो ।
कम्पनीले माग गरेअनुसार बोर्डले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३० लाख कित्ता सेयर सर्वसाधारणमा बिक्री गर्ने अनुमति दिएको छ ।
प्रतिक्रिया दिनुहोस्