अन्तर्राष्ट्रिय उडानको संख्या बढाउँदै लैजाने तयारीमा सरकार, असोज १५ देखि आन्तरिक उडान
काठमाडौं , भदौ २५ । सरकारले अन्तर्राष्ट्रिय उडानको संख्या बढाउँदै लैजाने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराइले अन्तर्राष्ट्रिय उडान संख्या थप्न लागिएको जानकारी दिए । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी०मा यो प्रस्ताव पठाइसकेको भन्दै उनले आन्तरिक उडान पनि सुचारु गर्न प्रस्ताव पठाएको जानकारी गराए ।
आन्तरिक उडान कम्तीमा २० प्रतिशत सञ्चालन गर्ने पक्षमा सरकार रहेको उनको भनाइ छ । आन्तरिक उडान असोज १५ बाट खोल्ने तयारीमा सरकार रहेको बताउँदै उनले भने, ‘सो बेला चाडबाड पनि आउनेछ र उडान पनि सुचारु गर्ने तयारी गरिरहेका छौ ।’ हवाई सञ्चालकहरुले आन्तरिक उडान तत्काल खोल्न माग गर्दै आएका छन् भने सरकारले आन्तरिक हवाई उडान असोज १ गतेसम्म स्थगित गर्ने निर्णय गरेकोमा मन्त्रीको भनाइले यो समय थप लम्बिने भएको हो ।
आर्थिक पत्रकार संघ ९सेजन०ले आयोजना गरेको सेजन अर्थनीति बहसमा मन्त्री भट्टराइले उडान संख्या थप्ने र आन्तरिक उडान गर्ने तयारी गरिएको जानकारी गराएका हुन् । हाल दैनिक ७र८ अन्तर्राष्ट्रिय उडान भइरहेको र अब त्यो संख्या बढाउँदै लैजाने मन्त्री भट्टराईले जानकारी दिए । पर्यटन क्षेत्रले मासिक १० अर्ब रुपैयाँ गुमाएको भन्दै उनले छिटो भन्दा छिटो पर्यटन क्षेत्र खोल्न आफूहरुले पहल गरेको पनि उनले बताए । सरकारले सबैको बाँच्ने अधिकारलाई ज्ञारेन्टी गर्न कठोर निर्णय लिनुपरेको मन्त्री भट्टराइको तर्क छ ।
स्वदेश फर्कन चाहने करिब पाँच लाख नेपाली रहेको बताउँदै उनले भने, ‘वैदेशिक रोजगारीमा गएकाहरुको रोजगारी गुमिसक्यो । कतिपय कम्पनीले कम्पनीकै खर्चमा नेपाल पठाउने भनेका छन् । कतिपय बेखर्ची भएकाहरुलाई उद्धार गर्नुपर्ने छ । अहिले दैनिक करिब हजार जना स्वदेश फर्किएकोमा यो संख्या अब दैनिक ३ हजारसम्म पुग्छ ।’
दक्षिण एसियमा व्यावसायिक उडान गर्ने नेपाल नै पहिलो देश भएको मन्त्री भट्टराईको दाबी छ । विश्वमै अहिले औसतमा ५० प्रतिशतभन्दा कम उडाउन भएको उनको भनाइ छ । सरकारले कोरोनाभाइरसको जोखिमका कारण गत चैतदेखि आन्तरिक उडान बन्द गरेको छ भने अन्तर्राष्ट्रियतर्फ भने केही समययता सुरक्षाका मापदण्ड अपनाएर सीमित गन्तव्यमा नियमित र चार्टरमार्फत उडान हुँदै आएको छ ।
पर्यटकलाई अनुमतिको प्रस्ताव
मन्त्रालयले अब गैरआवासीय नेपाली र पर्यटकलाई समेत स्वास्थ्य प्रोटोकल पुरा गरी नेपाल आउन अनुमति दिने गरी केन्द्रमा प्रस्ताव लगेको छ ।
‘पर्यटन क्षेत्रले ६ महिनाभन्दा लामो समय धैर्य गरेको छ, उनले भने, ‘अब क्रमशः स्वास्थ्यका नियम पालना गरी हामी पर्यटन गतिविधि अगाडी बढाउने योजनामा छौं ।’
उनका अनुसार आज बिहीबार नै अन्तर्राष्ट्रिय नियमित उडानलाई संख्या बढाएर यसअघि लगाएको कोटा हटाउने निर्णय समेत भएको छ ।
अब दैनिक उडानको संख्या मागका आधारमा स्वतः बढ्ने गरी निर्णय भएको मन्त्री भट्टराईले जानकारी दिए ।
बिहीबार आर्थिक पत्रकार समाजसँगको आर्थिक बहसमा भाग लिँदै मन्त्री भट्टराईले अब सरकारले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि योजनावद्ध रुपमा काम भइरहेको जानकारी दिए ।















प्रतिक्रिया दिनुहोस्