पुतलीसडकको दुरावस्था, हिंड्दा ध्यान दिनुहोला, नत्र तारमा अल्झिएर लड्नुहोला (फोटोफिचर)
काठमाडौं, २५ भदौ । तस्बिरमा देखिएको यो दृष्य पुतलीसडकको हो । काठमाडौं महानगरपालीका जस्तो संघिय राजधानीको सबैभन्दा ठूलो महानगरपालीकोमो मुख्य सडक हो पुतलीसडक । सडकलाई स्तरउन्नती र व्यवस्थित बनाउन थालिएको लामो समय भइसकेको छ । भत्काइएका सडकलाई मर्तत गर्नु त त परिपर्वन हो तर त्यसलाई समयै नगर्दा सडकमा आवत जावत गर्ने र व्यवसय सञ्चालन गर्नैलाई कठिनाई भोग्नु परेको छ । महानगरपालीको यसप्रति ध्यान गएको छैन ।
पुतलीसडकबाट प्रधानमन्त्री, प्रधानन्याधिश, सभामुख लगायतअधिकांश उच्च ओहोदाका व्यक्तिहरु दिनऔं आवत–जावत गर्छन् तर बाटोको स्तर उन्नती र तरलाई भूमिगत गर्न कार्यलाई छिटो छरीतो गर्ने तर्फ कसैको ध्यान गएको छैन । बिजुली तथा इन्टरनेटका तारहरु छविरल्ल हुँदा आम उपभोक्तालाई समस्या परेको छ । लामो समयसम्म तार तथा इन्टरनेटकाको सेवा अवरुद्ध हुँदा कागमा कठिनाई भएको स्टेसनरी व्यवसायी सञ्चालन गर्दै आएका गोपाल घिमिरे बताउँछन् । सडकहरूको अवस्था झन् भयावह छ । थोरै वर्षाले हिलाम्मे हुनु र घाम चर्केपछि धुलाम्मे हुनु राजधानीका सडकको परिचय भएको छ । हिलो र धुलो दुवै अवस्थामा यात्रुहरुले हदैसम्मको सास्ती खेप्नुपरेको छ । असिमित धुलो राजधानीका सडकको मुख्य समस्या हो जसले जनस्वास्थ्यमा गम्भीर असर समेत पु¥याएको छ ।
ढल निकासको समुचित व्यवस्था नहुँदा राजधानी सहरको केन्द्रीय भागका सडकहरू खोलो जस्ता देखिन्छन् । मर्मतसम्भार, विस्तार र निर्माणका काममा सडक भत्काउने तर समयमा काम नसक्ने लापरबाहीपूर्ण प्रवृत्तिले राजधानीका सडकको दुर्दशा भएको हो । अझ अर्को हेपाहा प्रवृत्ति के छ भने नागरिकको असुविधाका लागि राज्यले ध्यान दिनुपर्ने नै ठान्दैन ।
नागरिकहरूको न्युनतम सुविधाका लागि राज्य संवेदनशील नभएपछि सडकको दुरावस्था, हिलो, धुलोजस्ता समस्या सामान्य मानिने गर्छन् । आममानिसको हितलाई ध्यानमा राखेर सडकको न्युनतम गुणस्तर कायम राख्न सरकारले काम गर्नुपर्ने हो । सवारीसाधन गुड्न सकस भएका सडकको काम सम्पन्न नहुन्जेल सहज सडक बनाउने उपाय गर्नुपर्ने हो । खाल्टा पुरेर केही सजिलो बनाउन सकिन्छ । तर यसतर्फ राज्यको ध्यान पुगेको देखिँदैन । निर्माण, मर्मतसम्भारको काम छिनभरमै सकिने होइन तर त्यस क्रममा उत्पन्न हुने कठिनाइ कम गर्न अपनाउनु पर्ने उपायमा ध्यान दिएको देखिँदैन । निर्माण हुँदै गरेको भन्ने वहानामा अकर्मन्यता ढाकछोप गर्ने प्रयास हुने गरेको छ । राजधानीका सडकको दुरावस्था यही अकर्मन्यता र गैरविम्मेवार प्रवृत्तिको परिणाम हो ।
राजधानीका सडकको हिलो र धुलो न्युनीकरण गर्न अधिकतम प्रयास गर्नु जरुरी छ । सडकको दुरावस्थाले हिलो, धुलो र खाल्टाको समस्यामात्रै बेहोर्नु परेको छैन, असिमित ट्राफिक जाम र समयको बर्बादी पनि बेहोर्नु परेको छ । राजधानीका सडकको सास्ती कम गर्न सरकारको ध्यान जानुपर्छ । राज्यले सडक पानी, बत्ती जस्तो जस्तो पहिलो आधारभुत कुरालाई राज्यले ध्यान नदिनु जनताको समस्या बेवास्ता गर्नु हो । जनस्वास्थ्य र सडकको न्युनतम सुविधाका लागि काम गर्नैपर्छ । निर्धारित समयमा काम सक्ने वातावरण बनाउन सके समस्या लामो समय थाती रहंदैन । यसप्रति राज्य संवेदनसील हुनुपर्छ । निर्माण कम्पनीलाई समयमै काम सक्न र समयमै नसकेको बक्यौता रोक्ने चेतावनी ठेक्का सम्झौता भंग गर्ने जस्ता हदै सम्मको कारवाही अपनाउनु सक्नु पर्छ । यदि यसो नगरे अन्यकार्य पनि यस्तो प्रवृत्ति रहिरहन्छ ।





















प्रतिक्रिया दिनुहोस्