कोरोना संक्रमित प्रहरीको संख्या बढ्दै , देशभर २५ सय ५८ जनालाई संक्रमण

काठमाडौं, भदौ २५ ।काठमाडौं उपत्यकासहित देशभर चार डीआईजीसहित २५ सय ५८ जना प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ। देशभर कोरोना संक्रमित प्रहरीको संख्या बढ्दै गएको छ।

अहिले काठमाडौं उपत्यकामा मात्रै ९०३ प्रहरी कोरोनाका संक्रमण पुष्टि भएको प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले जानकारी दिए।

उनका अनुसार प्रहरी प्रधान कार्यलयमा कार्यरत १४२ र काठमाडौं उपत्यकामा ७६१ जना संक्रमित भएका छन्। त्यस्तै ११ सय ३० जना उपार पछि डिस्चार्ज भएका छन्।

अहिले वाग्मती प्रदेशमा ८१, गण्डकीमा ८१, प्रदेश ५ मा १०७, प्रदेश १ मा १३९, प्रदेश २ मा ६० , कर्णाली प्रदेशमा ४४ र सुदूरपश्‍चिम प्रदेशमा १३ जना प्रहरीमा कोरोनाका संक्रमित छन्।

प्रतिक्रिया दिनुहोस्