निषेधाज्ञा कहिले सम्म ? थप निर्णय लिन काठमाडौं उपत्यकाका सीडीओ छलफलमा

काठमाडौं , भदौ २३ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा नियमित गर्ने या अन्य विकल्प खोज्ने विषयमा निर्णय लिन काठमाडौं उपत्यकाका तीन जना सीडीयोले छलफल सुरु गरेका छन् ।

जारी निषेधाज्ञा भोली ९बुधबार० राति सकिँदै गर्दा अब के गर्ने भन्ने विषयमा निर्णय गर्न काठमाडौं, ललितपुर र भक्तपुरका तीन जना नै प्रमुख जिल्ला अधिकारीहरुले भर्चुअल छलफल सुरु गरेका हुन् ।

‘जारी निषेधाज्ञा के गर्ने भन्ने विषयमा अहिले हामीले विज्ञहरूसँग सुझाव लिने काम गरिरहेका छौं । त्यही सुझावका आधारमा हामी तीन जना नै बैठक बस्छौं र भोली सम्ममा निर्णय गर्छौं ।’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भने ।

कोरोना भाइरस संक्रमितको सङ्ख्या बढेपछि सरकारले काठमाडौं उपत्यकामा गत भदौ तीन गते देखि निषेधाज्ञा जारी गरेको छ ।

यता सिङ्गो अर्थतन्त्रलाई हलचल गराउने गरी विश्वभर कोरोना भाइरस फैलिरहेको छ । यसको प्रत्यक्ष असर व्यवसायीहरुमाथि पनि छ । सबै ठाउँमा साना ठूला व्यवसायीहरु यसको मार खेपिरहेका छन् ।
कोरोना महामारीका कारण सरकारले जारी गरेको लकडान र निषेधाज्ञाका कारण व्यवसायीहरु आर्थिक हिसाबले उठ्नै नसक्ने गरी थला परेको गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्