पछि हट्यो रेल विभाग, तोडियो रेलवेको ५४ वटै ठेक्का
काठमाडौं , भदौ २३ । पूर्व पश्चिम रेलमार्गको ट्रयाकबेड निर्माणको ठेक्का तोडिएको छ ।
रेल विभागले मंगलबार एक सूचना प्रकाशित गर्दै असार १३ र १७ गते आह्वान गरिएको ठेक्काको सबै प्रक्रिया तोडेको जनाएको हो ।
रेल, मेट्रोरेल र मोनोरेल डेभलेपमेन्ट प्रोजेक्टले सार्वजनिक सूचना जारी गरी रेलमार्गको ठेक्का स्थगित भएको जानकारी दिएको हो ।जग्गाको मुआब्जा वितरण टुंगो नलाग्दै सरकारले १०६ किलोमिटरको रेलमार्ग बनाउन ५४ वटा प्याकेजमा ठेक्का आह्वान गरेको थियो । ती सबै अब स्थगित भएका छन् ।
विभागले ठेक्काको क्लज नम्बर ३७.१ को सेक्सन १ बमोजिम ठेक्का प्रक्रिया रद्द गरेको जनाएको छ ।











प्रतिक्रिया दिनुहोस्