आहा रारा गोल्डकप : दोश्रो सेमिफाइनलमा पुलिस र धरान भिड्दै

काठमाडौं । पोखरामा जारी १६ औं आहा रारा गोल्डकप अन्तरगत आज विभागीय टोली नेपाल पुलिस क्लव र धरान–११ बीच दोश्रो सेमिफाइनल खेल हुँदै छ ।

यसअघि हिजो भएको पहिलो सेमिफाइनल खेलमा बिदेशी टोली बंगलादेशको उत्तर बरिन्धरालाई ५–० गोलको पराकिलो अन्तरले पराजित गर्दै थ्री स्टारले फाइनल यात्रा तय गरेको थियो ।

इटहरी गोल्डकपको उपाधी लिएर पोखरा आएको थ्री स्टारले खेल अवधीभर बंगलादेशलाई दवावमा राखेको थियो ।

नेपाल पुलिसले मनाङ्ग मस्र्याङ्गदीलाई ३–१ गोलले तथा धरानले नेपाली सेनाको त्रिभुवन आर्मी क्लवलाई ट्राई ब्रेकरमा ५–४ गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो ।

आजको खेलमा विजयी टोलीले भोली हुने फाइनलमा थ्री स्टारसंग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्