निजामती सेवा दिवस: यी हुन् सरकारबाट पुरस्कृत हुने ४० निजामति कर्मचारी (सूचीसहित)

काठमाडौं, भदौ २२ । हरेक बर्षको भाद्र २२ मा निजामती सेवा दिवस मनाइन्छ।बिसं २०६२ सालवाट निजामति सेवा दिवस मनाउन सुरु गरिएको हो। तत्कालिन प्रधानमन्त्री टंक प्रसाद आचार्यले बिसं २०१३ साल भाद्र २२ गते निजामती ऐन ल्याएको दिन पारेर यो दिवस मनाउन थालिएको हो।

यसैबीच सरकारले १० जना निजामति कर्मचारीहरुलाई उत्कृष्ट कर्मचारीका रुपमा पुरस्कृत गरेको छ।त्यस्तै ३० जना कर्मचारीलाई निजामति सेवा पुरस्कारका रुपमा पुरस्कृत गरेको छ। निजामती दिवसको अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने निजामती कर्मचारीहरूलाई पुरस्कृत गर्ने परम्परा अनुसार १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कारबाट पुरस्कृत गरिएको हो।

उत्कृष्ट निजामती सेवा पुरस्कार पाउने १० जना कर्मचारीहरूमा काठमाडौंका प्रजिअ जनकराज दाहाल, नेपाली राजदुतावास, बेजिङका सहसचिवसुशील कुमार लम्साल, कानुन मन्त्रालयका सहसचिव मानबहादुर अर्याल, नापी विभागका महानिर्देशक प्रकाश जोशी, संघीय मामिला मन्त्रालयका उपसचिव डिलाराम पन्थी, सीडीई सुरतकुमार बम, लोक सेवाका उपसचिव टामलाल पाण्डे, प्रसासकीय अधिकृत सुवास श्रेष्ठ, उषादेवी देवकोटा र धनबहादुर लामा रहेका छन्।

त्यसैगरी ३० जना कर्मचारीलाई निजामती पुरस्कारले पुरस्कृत गरिएको छ। निजामती कर्मचारीबाट पुरस्कृत हुने रघुराम विष्ट, कुवेर नेपाली, गोपालप्रसाद रिजाल, भीमकुमार श्रेष्ठ, खोमराज कोइराला, रोशनी देवी कार्की, अञ्जनकुमार मिश्र, डा। वीरेन्द्रकुमार मिश्र, बाबुराज अधिकारी, टिकाराम ढकाल, रञ्जितकुमार भट्ट, सन्तोष निरौला, सावित्री पौडेल बेलबासे, मञ्जु सिंह भण्डारी थापा, सन्तोष दर्जी, इन्दिरा ज्ञवाली, गजराज घिमिरे, नानुका पोखरेल आचार्य रहेका छन्।

यसै गरी प्रकाश प्रेमी गैरे, जयदेव विष्ट, लालबहादुर विष्ट, मनिला मादेन, सुदर्शन खनाल, शिमला श्रेष्ठ, भरतकुमार कार्की, उमेश घटवार, सरस्वतीकुमारी श्रेष्ठ, गेदलाल खत्री, कमला थापा र अनुज फुयाँल रहेका छन्।पुरस्कृत हुनेहरुमा नेपाली दूतावास बेइजिङका सहसिचब सुशीलकुमार लम्सालदेखि काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल तथा विभिन्न कार्यालयका कार्यालय सहयोगीसमेत छन्।

उत्कृष्ट १० कर्मचारीलाई एक लाख पुरस्कार राशी र निजामति सेवा पुरस्कारका लागि ५० हजार राशीसहित कर्मचारी सम्मानित हुनेछन्। यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकासमा निष्ठापूर्वक समर्पित हुन निजामति कर्मचारीलाई आग्रह गरेका छन्। निजामति सेवा दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले यस्तो आग्रह गरेका हुन्।

‘निजामती कर्मचारीहरुमाथि लाग्ने गरेका तमाम आरोपहरुलाई चिर्दै पेशागत मूल्यमान्यता र निष्ठालाई आत्मसात गरी उच्च नैतिक आचरण र ब्यवहार मार्फत् सेवा प्रदान गर्न प्रत्येक निजामती कर्मचारीहरुले आफूलाई समयानुकूल ढंगले रुपान्तरण गर्नु पनि जरुरी छ’ प्रधानमन्त्रीले भनेका छन् ‘निजामती सेवाका संरचनाहरुलाई संघीय शासन व्यवस्था अनुरुप रुपान्तरण गरी तीनै तहबीच संरचनागत, कार्यगत र भावनात्मक अन्तरसम्बन्धलाई संस्थागत गर्नुपर्ने आवश्यकता छ।’उनले कोरोना महामारीमा अग्रभागमा खटिएका कमर्मचारीहरुको पनि प्रशंसा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्