रिलायन्स लाइफ इन्स्योरेन्सको शेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ , भदौ २२ । रिलायन्स लाइफ इन्स्योरेन्सको शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । रिलायन्सले बाँडफाँड गरेको एक सय रुपैयाँ अङ्कित दरका ६३ लाख कित्ता साधारण शेयर नेप्सेमा सूचीकृत भएको हो ।

समझदारी पत्रमा रिलायन्स लाइफका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली तथा नेप्सेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले हस्ताक्षर गरेका छन् ।

बीमा समितिबाट पछिल्लो समय इजाजत प्राप्त १० नयाँ जीवन बीमा कम्पनीमध्ये सर्वसाधारणमा शेयरको सार्वजनिक निष्कासन गर्ने रिलायन्स लाइफ पहिलो कम्पनी हो ।

रिलायन्स लाइफले धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्न, शेयर दाखिल खारेज गर्न, नामसारी गर्नलगायतका शेयरधनीहरुको लगत अद्यावधिक राख्ने सम्बन्धी सम्पूर्ण काम गर्न सनराइज क्यापिटल लिमिटेडलाई शेयर रजिस्ट्रारको रुपमा नियुक्त गरेको छ ।

अब यही हप्तादेखि नै शेयर कारोबार शुरु हुने बताइएको छ । हालसम्म उक्त कम्पनीको शेयर डिम्याट खातामा आइसकेको आरएलआईको संकेतमा उक्त कम्पनीको शेयर डिम्याट खातामा आएको हो ।
कम्पनीको पपहिलो कारोबारको लागि ओपनिङ रेन्ज प्रतिकित्ता १०७ रुपैयाँदेखि अधिकतम ३२२ रुपैयाँसम्म ओपनिङ्ग रेञ्ज पाउने सक्ने बताइएकोछ ।

प्रतिक्रिया दिनुहोस्