लुम्बिनी विकास बैंक र सेन्ट्रल डाइगनोष्टिक ल्याबोरेटोरी बीच सम्झौता
काठमाडौं , भदौ २१ । लुम्बिनी विकास बैंकले सेन्ट्रल डाइगनोष्टिक ल्याबोरेटोरीसँग कोभिड परिक्षणमा छुट गर्नेबारे सम्झौता गरेको छ ।
उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र ल्याबोरेटोरीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उमेश प्रसाद गुप्ता ले हस्ताक्षर गरे ।
सम्झौतामा बैंकका कर्मचारी एवम् निजका आश्रीत परिवार सदस्यहरु, डेबिट कार्ड बाहक तथा बैंकका मोबाइल बैकिङ्ग प्रयोगकर्ता साथै निक्षेपकर्ता र ऋणीहरुलाई कोरोनाभाइरस (कोभिड–१९) जाँचको लागी पीसीआर परिक्षण तथा सामान्य प्याथोलोजी परीक्षण सुविधाहरुमा १०% देखी २५% सम्म छुट प्रदान गर्ने सम्झौता गरेको छ ।
उक्त सुविधा ल्याबोरेटोरीको कमलपोखरी काठमाडौ स्थित मुख्य कार्यालय तथा बिरगन्जमा अवस्थित शाखा कार्यालय नारायणि सेन्ट्रल ल्याबबाट समेत प्राप्त गर्न सकिने छ ।
प्रतिक्रिया दिनुहोस्