स्वास्थ्य मन्त्री ढकालका परिवारमा कोरोना, मन्त्री होम क्वारेन्टिनमा

काठमाडौं, भदौ २१ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको परिवारका सदस्यलाई कोरोना संक्रमण भएको छ ।परिवारका सदस्यलाई कोरोनाभाइरसको संक्रमण भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकाल होम क्वारेन्टिनमा बसेका छन्।

तीन दिनअघि परिवारका एक सदस्यलाई कोरोना संक्रमण देखिएपछि मन्त्री ढकाल हाल निवासमै क्वारेन्टिनमा बसेका हुन् ।परिवारका सदस्यलाई संक्रमण भएकाले घरबाटै मन्त्रालयको काम गरेको मन्त्री ढकालले बताए।

‘मलाई संक्रमण भएको होइन, परिवारको सदस्यलाई संक्रमण भएपछि म क्वारेन्टिनमा बसेको हुँ’ मन्त्री ढकालले भने । क्वारेन्टिनबाट नै मन्त्रालयको काम हेरिरहेको उनले बताए ।

ुम तीन दिनदेखि होम क्वारेन्टिनमा छु। परिवारको सदस्यलाई संक्रमण देखिएकाले घरमै बसेको हो,उनले भने,ुप्रोटोकल अनुसार ५ दिन बसेर पिसिआर गरेपछि मात्रै बाहिर निस्कन्छु।

स्वास्थ्यकर्मीको सुझावका आधारमा बाहिर निस्किने उनले बताए।

प्रतिक्रिया दिनुहोस्