मुख्यमन्त्रीको दौडधुप शुरूः प्रमुखदलहरु आन्तरिक छलफलमा व्यस्त

काठमाडौँ । मुख्यमन्त्रीका आकांक्षी बढेसंगै प्रमुखदलहरु आन्तरिक छलफलमा व्यस्त भएका छन् । देशका सवै प्रदेशको प्रदेशसभा संचालन मिति नजिकिएसंगै मुख्यमन्त्री नियुक्तिको दौडधुप शुरु भएको छ ।

दुइ नम्वर प्रदेश बाहेकका अन्यमा कम्युनिष्ट गठवन्धनको बहुमत रहेको छ । कम्युनिष्ट गठबन्धन गराएर चुनाव लडेका एमाले र माओबादी केन्द्रले सबै प्रदेशमा भागबन्डाको टुङ्गो लगाएपनि पार्टीमा मुख्यमन्त्रीका आकांक्षी बढेपछि प्रमख नेताहरु आन्तरिक छलफलमा व्यस्त छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आन्तरिक छलफललाई निरन्तरता दिएका छन्, भने माओवादी केन्द्रका दोस्रो तहका नेताहरुपनि छलफलमा छन् । मुख्यमन्त्रीका आकांक्षी धेरै भएपछि एमालेका अध्यक्ष ओलीले नेताहरुलाई एक्लाएक्लै भेटेर सहमति गराउने प्रयास थालेका छन् ।

त्यस्तै दुइ नम्वर प्रदेशमा प्रदेश सरकार गठनको सहमति गरेका राजपा र संघीय समाजवादी फोरमभित्र समेत मुख्यमन्त्री कसले पाउने भन्ने टुगो लागिसकेको छैन । दुबै पार्टी आजपनि आन्तरिक छलफलमा जुट्ने नेता मनिस सुमनले जानकारी दिए ।

यताः प्रमुख प्रतिपक्षीको भुमिका रहने निर्णय गरेको काँग्रेसले प्रदेशमा संसदीय दलको नेता छनौटका लागि आन्तरीक छलफलमा जुटेको छ ।

प्रतिक्रिया दिनुहोस्