काठमाडौँका ३५० सहित उपत्यकामा थपिए ३८८ संक्रमित

काठमाडौं, भदौ १७ ।काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा थप ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए।

प्रवक्ता गौतमका अनुसार उपत्यकाका काठमाडौँमा ३५०, ललितपुरमा २९ र भक्तपुरमा ९ जनामा कोरोना संक्रमण पुगिट भएको हो।

यसअघि मंगलबार (हिजो) काठमाडौंमा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना गरी जम्मा ४८१ जना संक्रमित थपिएका थिए ।

प्रतिक्रिया दिनुहोस्