राष्ट्रियसभा निर्वाचनको तयारी तिब्र

काठमाडौँ – निर्वाचन आयोगले माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि तयारी तिब्र बनाएको छ ।

निर्वाचनकालागि २ प्रकारका मतपत्र बनाउने निर्णय गरेको आयोगले मतपत्र छपाइको काम अघि बढाएको प्रवक्ता नवराज ढकालले बताए। यसका साथै राष्ट्रियसभा निर्वाचनमा खटिने २ हजार ५६ निर्वाचकलाई मतदान प्रक्रिया बारे तालिम दिइरहेको प्रवक्ता ढकालले जानकारी दिए।

सवै प्रदेशकालागी उच्च अदालत रहेका स्थानमा मतदान केन्द्र तोकी निर्वाचन कार्यक्रम अघि वढाएको आयोगले एक मतदान केन्द्रमा ८ वटा मतपेटीका राख्ने भएको छ ।

निर्वाचन प्रयोजनका लागि आवश्यक अन्य सामाग्री मतदान केन्द्रमा लैजाने तयारी भइरहेको निर्वाचन आयोगले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्