हुम्लामा आफ्नै पार्टीका कार्यकर्ताबाट कुटिए वडाध्यक्ष , यस्तो छ कारण
काठमाडौं, भदौ १६ ।हुम्लामा आफ्नै पार्टीका कार्यकर्ताबाट वडाध्यक्ष कुटिएका छन् । हुम्लाको अदानचुली गाउँपालिकामा आफ्नै पार्टीको बैठक चलिरहेका समयमा वडाध्यक्षमाथि कुटपिट भएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अदानचुली गाउँपालिका–१ को वडा कमिटी बैठकमा वडाध्यक्ष रग थापामाथि पार्टीकै नेतारकार्यकर्ताबाट कुटपिट भएको हो ।
थापाका अनुसार, बैठकमा पार्टीका नेता तथा कार्यकर्ताले गरेका जिज्ञासाका बारेमा जवाफ दिने क्रममा पार्टीका कर्णाली प्रदेश समन्वय परिषद्का सदस्यसमेत रहेका मानबहादुर थापाले कुटपिट गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्