आज थपिए ८९९ जना कोरोना संक्रमित, ३९ हजार ४६० पुग्यो

काठमाडौं, १५ भदौ । सोमबार देशभर थप ८९९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आजको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले महिला ३०३ र पुरुष ५९६ जना गरी देशभर ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३९ हजार ४६० पुगेको छ ।

यसैगरी काठमाडौं उपत्यकमा थप २९८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंमा १९० ललितपुरमा ६७ र भक्तपुरमा ४१ जना कोराना संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ८२२ रहेको छ । जसमा संस्थागत आइसोलेशनम १० हजार ७०१ जना रहेका छन् । यस्तै होम आइसोलेशनमा ७ हजार १२१ जना रहेका छन् । आज ११ हजार १२९ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म संक्रमितमध्ये २१ हजार ४१० जना निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्