समाज लघुवित्त वित्तीय आइपीओ बाँडफाँट, तपाईलाई पर्याे त ?

काठमाडौं, १५ भदै । समाज लघुवित्त वित्तीय संस्थाको आइपीओ सोमबार(भदौ १५ गते) बाँडफाँट भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यपिटलका अनुसार आफ्नै कार्यालय नारायणचौर नक्साल काठमाडौंमा दिउँसो २ बजे आइपीओ बाँडफाँट हुने कार्यक्रम तय भएको हो ।
समाजको आइपीओ मागभन्दा १४८।२३ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट भएको छ । जसमा ८ हजार ७० जनाले मात्र सेयर हात पारेका छन् ।
बाँकी ५ लाख ५५ हजार ९२८ जनाको भने हात खाली हुनेछ । यसमा कुल ५ लाख ६३ हजार ९९८ जनाले १ करोड १९ लाख ६२ हजार ७०० कित्ताका लागि आवेदन दिएका छन् । कुल १ अर्ब १९ करोड ६२ लाख ७० हजार रुपैयाँ बरारको आवेदन परेको छ । समाजले भदौ ४ गतेबाट ८६ लाख रुपैयाँ बराबरको ८६ हजार कित्ता आइपीओ बिक्रीमा ल्याएको हो ।

यसमध्ये १ हजार कित्ता अर्थात जारी पुँजीको ५५ कर्मचारीहरुका लागि र कुल निष्कासनको ५५ अर्थात ४ हजार ३ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी रहेको ८० हजार ७ सय कित्ताका लागि आवेदन दिन पाएका थिए । रिजल्ट हेर्नका लागि मेरो शेयरको एब्लिकेशन रिर्पाेटमा गएर वा अन्य आर्थिक न्युज पोर्टलबाट पनि हेर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्