७२ डिएसपीहरूको सरूवा (सूचिसहित)

काठमाडौं, १५ भदौ । गृह मन्त्रालयले नेपाल प्रहरीका ७२ प्रहरी नायब उपरीक्षक (डिएसपी)हरूको सरूवा गरेको छ ।

गृह मन्त्रालयले गरेको सरुवा अनुसार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज, काठमाडौंमा कार्यरत् अनुपम श्रेष्ठको जिल्ला प्रहरी कार्यालय दैलेखमा सरूवा भएको छ ।

महानगरीय प्रहरी वृत्त कालिमाटीमा अपिलराज बोहराको सरुवा भएको छ। कालिमाटी वृत्तमा कार्यरत रुगम कुँवरको केन्द्रीय अनुसन्धान ब्युरोमा सरुवा भएको छ ।

जिल्ला प्रहरी कार्याल उदयपुरमा कार्यरत् गोविन्द पुरीको प्रहरी प्रधान कार्यालय नक्साल सरुवा भएको छ ।

इलाका प्रहरी कार्यालय इटहरीमा देवेन्द्र पाण्डेको सरुवा भएको छ। इटहरीमा कार्यरत् धर्मराज भण्डारीको जिल्ला प्रहरी कार्यालय सरुवा भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत् विनोद शर्माको एक नम्बर प्रदेश प्रहरी तालिम केन्द्रमा सरुवा भएको छ । जुम्लामा माधव काफ्लेको सरुवा भएको छ। योगेन्द्रसिंह थापाको अछाम जिल्ला प्रहरी कार्यालयमा सरुवा भएको छ ।

त्यस्तै, संघीय प्रहरी इकाई कार्यालय कार्यालय काभ्रेकी अन्जना श्रेष्ठको प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनाय नक्सालमा सरूवा भएको छ । महानगरीय अपराध महाशाखाका उद्धवसिंह भाटको बागमती प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय हेटौंडामा सरूवा भएको छ।

महानगरीय प्रहरी वृत्त, जगातीका डिएसपी चक्रराज जोशीको महानगरीय सशस्त्र प्रहरी गण मुख्यालय महाराजगन्जमा सरूवा भएको छ ।
प्रहरी प्रधान कार्यालयले भदौ महिनादेखिको तलब, भत्तासमेत सरूवा भएको दरबन्दीबाट खान पाउने गरी ७२ डिएसपीहरूको सरूवा गरेको हो ।

सूचिसहित हेर्नको लागि यहाँ क्लिब गर्नुहोस्

dsp_saruwa-2077-05-15

प्रतिक्रिया दिनुहोस्