जोगिएर काम गर्न प्रधानमन्त्री ओलीको निर्देशन
काठमाडौं, १५ भदौ । कोरोना संक्रमण बढ्दै गएभएपश्चा भीआईपीहरुमा पनि कोरोना संक्रमणको जोखिम बढेको भन्दै यसबाट जोगिएर काम गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई निर्देशन दिएका छन् ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई त्यस्तो निर्देशन दिएका हुन् ।
गृहमन्त्री रामबहादुर थापा बादल र रक्षामन्त्री ईश्वर पोखरेल आइसोलेसनमा बसेका कारण नेकपा सचिवालय बैठकै रोकिएको थियो । आइतबारको मन्त्रिपरिषद बैठकमा सरकारको प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडा भने उपस्थित भएनन् ।
तर, होम आइसोलेसनमा बसेका गृह न्त्री राम बहादुर थापा र इश्वर पोखरले आइतबारको क्याबिनेट बैठकमा भने बादल र पोखरेल दुवै उपस्थित थिए । दुवै मन्त्रीहरुको पीसीआर रिपोर्ट नेगेटिभ आइसकेको छ ।
मन्त्रीहरु नै आइसोलेसनमा बस्नुपर्ने अवस्था आएको र समग्र देशमा संक्रमितहरुको संख्या बढिरहेको सन्दर्भमा प्रधानमन्त्री ओलीले सबै मन्त्रीहरुलाई कोरोनाबाट सतर्क भएर काम गर्न निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री ओलीले ‘कामचाहिँ गर्नुहा्स् तर कोरोनाबाट जोगिएर, सतर्क भएर गर्नसहोस् भने । भारतीय गृहमन्त्री अमित शाहलाई समेत कोरोना संक्रमण देखिएको र कतिपय प्रान्तमा मन्त्रीकोसमेत मृत्यु भएको भन्दै प्रधानमन्त्री ओलीले आफ्नो क्याबिनेटका मन्त्रीहरुलाई सतर्क रहन हाग्रह गरेको छ ।





प्रतिक्रिया दिनुहोस्